जेसीबी सडकबाट ३०० मिटर तल खस्दा चालकको मृत्यु
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकमा जेसीबी मेसिन सडकबाट खस्दा चालकको मृत्यु भएको छ।
सडक निर्माणका क्रममा बाटो सफा गर्दै गरेको भे.१ ग १२७ नम्बरको जेसीबी सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा जेसीबी चालक बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

