रातभरी हराएकी २ वर्षीया बिन्दी सकुशल भेटिइन्, परिवारमा फर्कियो खुसी

सञ्जय मिश्रा/रौतहट, ७ भदौ । बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल सकुशल फेला परेकी छन्। रातभर सुरक्षा निकाय र स्थानीयले खोजी गरेपछि आइतबार बिहान बालिका कलैया–२६ सिसवा महेशपुरमा फेला परेकी हुन्।

कलैया उपमहानगरपालिका–१ कट्टीपर्साका मुकेश मण्डलकी छोरी बिन्दीलाई सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। उनले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन्।

बालिका फेला परेको जानकारी पाएपछि प्रहरीले अभिभावकसँग समन्वय गरी उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बालिका हराएको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको नेतृत्वमा खोजी अभियान तीव्र पारिएको थियो। नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले समेत सम्भावित क्षेत्रमा खोजी गरेको थियो।

बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठिरहेका बेला कलैयाबाटै दुई वर्षीया बालिका हराएपछि स्थानीयमा थप त्रास फैलिएको थियो। बिन्दी सकुशल भेटिएपछि भने परिवार र स्थानीयले राहतको सास फेरेका छन्।

यद्यपि, दुई वर्षकी बालिका घरबाट टाढा सिसवा महेशपुरसम्म कसरी पुगिन् भन्ने विषय अझै खुल्न सकेको छैन। सडक किनारको नालामा बालिका भेटिनुको कारण तथा उनी त्यहाँसम्म पुग्नुको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।

बालिका सकुशल फेला पर्नु सुखद भए पनि पछिल्ला घटनाक्रमले बालबालिकाको सुरक्षामा अभिभावकदेखि सुरक्षा निकायसम्म थप सतर्कता आवश्यक रहेको देखाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।