पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
स्थानीय रामहरि दासका छोरा २८ वर्षीय राजेश दास शुक्रबार बिहान स्थानीय अरविन्द यादवको पोखरीमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।

पोखरीमा युवकको शव देखेपछि स्थानीयले बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी सहायक निरीक्षक (सई) विनोद पासवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको टोलीसमेत घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार युवकको मृत्यु पोखरीमा डुबेर भएको हो वा अन्य कुनै कारणबाट भन्नेबारे यकिन भइसकेको छैन। घटनाको प्रकृति र मृत्युको कारण खुलाउन प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारणबारे थप जानकारी आउने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖