कांग्रेस महाधिवेशन: उम्मेदवारी मनोनयनको तालिका सार्वजनिक

काठमाडौं, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संशोधित विधान पारित भएसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयनको समयतालिका सार्वजनिक गरेको छ।   
 

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण कार्य सुरु हुनेछ। मनोनयन दर्ता भने दिउँसो १२:३० बजेदेखि ४:०० बजेसम्मका लागि तोकिएको छ।  यसअघि बिहान ९:३० बजेसम्म मतदाता नामावलीमा दाबी–विरोधका लागि समय निर्धारण गरिएको छ भने लगत्तै १०:३० बजेसम्म प्राप्त उजुरीमाथि जाँचबुझ गरी ११:३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

महाधिवेशनको बन्दसत्रले पारित गरेको नयाँ संशोधित विधान अनुसार अब नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ।   
 

पदाधिकारीको संरचना:

सभापति: १ जना   
 

वरिष्ठ उपसभापति: १ जना   
उपसभापति: ४ जना (अनिवार्य १ महिला)   
महामन्त्री: ३ जना (अनिवार्य १ महिला)   

सहमहामन्त्री: १५ जना   
कोषाध्यक्ष: १ जना (केन्द्रीय सदस्यहरूमध्येबाट मनोनीत हुने)   
 

आरक्षण तथा समावेशी केन्द्रीय सदस्य व्यवस्था

संशोधित विधानले खुला तथा विभिन्न समूहगत आरक्षणका आधारमा केन्द्रीय सदस्यहरूको संरचना तय गरेको छ:

खुलातर्फ: ४५ जना   
 

महिला (खुला): १५ जना   

प्रदेशगत प्रतिनिधित्व: प्रत्येक प्रदेशबाट १ महिलासहित ४ जना   

 

उपत्यका प्रतिनिधित्व: काठमाडौँ उपत्यकाबाट १ महिलासहित २ जना   
 

दलित: ५ महिलासहित १४ जना   

आदिवासी जनजाति: ८ महिलासहित २० जना   
 

खस आर्य: ८ महिलासहित १८ जना   
 

मधेशी: ५ महिलासहित १३ जना   
थारू: २ महिलासहित ६ जना   
 

जनसम्पर्क समिति: २ महिलासहित ७ जना   
 

पेसागत विज्ञ: २ महिलासहित ७ जना   
 

श्रमिक: १ महिलासहित ३ जना   
 

पिछडिएको वर्ग: ३ जना   
युवा प्रतिनिधित्व: सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा   
 

अन्य: अपाङ्गता भएका व्यक्तिबाट १ जना र प्रजातन्त्र सेनानीबाट ३ जना   
 

यसका साथै, केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।   

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖