भोजपुरको हतुवागढीमा २४४ किलो गाँजा सहित १९ वर्षीय युवक पक्राउ
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट २४४.७७० किलोग्राम गाँजासहित १९ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार असोज २० गते बिहान ३ः३० बजे आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई ६ बोरा गाँजा, को.प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र मोबाइल एक थानसहित नियन्त्रणमा लिइएको हो।
बरामद गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

