सर्लाहीमा घर फोडेर गरगहना चोरी, तीन नाबालकसहित चारजना पक्राउ

रौतहट २० असोज। सर्लाहीको गोडैता नगरपालिका–६ गोडैता टोलमा घर फोडेर सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जना नाबालकसहित चार जनालाई पक्राउ गरेको छ।

गत १३ गते स्थानीय नरेश मिश्रको दुई तले पक्की घरको माथिल्लो तलाको सिरानको झ्याल खुला रहेको अवस्थामा चोर घरभित्र प्रवेश गरी दराज र सुटकेशमा राखिएका सुनचाँदीका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। चोरी भएका गरगहनाको मूल्य करिब ५ लाख ७८ हजार २ सय रुपैयाँ बराबर रहेको थियो।

घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिको खोजी थालेको थियो। अनुसन्धानका क्रममा गत आइतबार गोडैता क्षेत्रबाट चोरीमा संलग्न तीन जना नाबालक र चोरीका सामान खरिद गर्ने एक जना व्यक्ति पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट चोरी भएका विभिन्न सुनचाँदीका गरगहना समेत बरामद गरेको जनाएको छ।
बरामद सामानमा—
चाँदीको पायल २ थान
सुनको जितिया ४ थान
सुनको औंठी १ थान
चाँदीको टेका २ थान
चाँदीको लक्ष्मीको फोटो भएको सिक्का २ थान
चाँदीको हनुमानी १ थान
सुनको लेडिज औंठी १ थान
पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद गौतमले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖