अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहा, २३ असोज । सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ।

 

गोलबजार नगरपालिका–१ बलडाँडा मुसहर बस्तीस्थित सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको विशेष सूचनाका आधारमा बिहीबार राति प्रहरीले छापा मारेको थियो।

 

इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल (सुरक्षा बेस गोलबजार) को संयुक्त टोलीले राति करिब ८:३० बजे छापा मार्दा ग्राभेल लोड गरिएका सवारीसाधन फेला परेका हुन्।

 

नियन्त्रणमा लिइएका सवारीसाधनमा को १ ख ४१५७, प्र.२–०१–००१ क ०१७०, म.प्र.०२–००१ क ०२८५, मे १ क ६५०, म.प्र.०३–००१ क ३०२८ र म.प्र.०३–००१ क ३२३५ नम्बरका टिपर तथा ज १ क ०७५२ नम्बरको जेसिबी रहेका छन्।

 

सवारीसाधनहरूलाई हाल सशस्त्र प्रहरी बल सुरक्षा बेस गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट फरार चालकहरूको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖