गौर भन्सारबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एक जना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २३ असोज ।

रौतहटको गौरमा प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरामद रकमको अवैध स्रोतका कारण हुण्डी कारोबारको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 

पक्राउ पर्नेमा गौर नगरपालिका–१ निवासी ४२ वर्षीय शेराज अलि रहेका छन्।

 

बुधबार राति करिब साढे ८ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अलि पक्राउ परेका हुन्।

 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (BAT) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल रोकेर तलासी लिँदा उनको साथबाट नेपाली १ लाख १६ हजार ५ सय र भारतीय १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार नेपाली ५ सय दरका २३३ थान र भारतीय ५ सय दरका २०० थान नोट बरामद गरिएको हो।

 

नगदसहित प्रहरीले उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि अलिमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिनुभयो।

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖