कांग्रेस खुलातर्फ महिला केन्द्रीय सदस्यमा बासना थापाको छलाङ, १५ भित्र को को परे ?

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ । हालसम्म एक हजार सात सय मत गणना भइसकेको छ ।

अहिलेसम्मको मत परिणामअनुसरा सांसदसमेत रहेकी वासना थापाले एक हजार २६१ मतसहित अग्रता बनाएकी छन् । उनलाई निमा गिरीले ९८८ मतसहित पछ्याइरहेकी छन् । सांसद उर्मिला थपलिया ९६९ मतसहित तेस्रो स्थानमा छिन् ।

खुलातर्फ १५ महिला केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । हालसम्मको मतपरिणामअनुसार शीर्ष १५ भित्र पर्ने उम्मेदवारहरूमा वासना थापा, निमा गिरी, उर्मिला थपलिया, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, सृजना अधिकारी, लक्ष्मी पाण्डे, कान्तिका सेजुवाल, मुना भुसाल, ग‌गा दाहाल, चिनी पोखरेल, कल्पना तिवारी र उमा दाहाल छन् ।

अहिले कांग्रेसको खुलातर्फ दुई सहमहामन्त्रीका लागि मतगणना जारी छ । खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता बनाएका छन् । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖