१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

काठमाडौं, २८ असोज । १२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत बुधबारदेखि यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।

महाशाखाले असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो ।

सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरू भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि आज बाहिरिएको छ । यस वर्षको मनसुनमा औसतको आसपासमै वर्षा भएको छ । मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖