टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गर्ने एक जना पक्राउ

धनुषा । सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, गालीगलौज तथा धम्कीपूर्ण अभिव्यक्ति समेटिएका भिडियो पोस्ट गरेको आरोपमा धनुषामा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ निवासी अन्दाजी २० वर्षीय राजु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई असोज २७ गते राति करिब ११ बजे जनकपुर उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवले विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पुग्ने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने र धाकधम्की दिने किसिमका भिडियो टिकटकमा अपलोड गरेको पाइएको छ। उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उत्प्रेरित गर्ने, गालीगलौज तथा धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी घटनामा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖