भोजपुरको हतुवागढीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–८ साप्टेनटारस्थित सामुदायिक वन नजिकबाट प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार असोज २७ गते इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले साप्टेनटार–मालबासे सामुदायिक वन हुँदै चुहार जाने कच्ची सडकखण्डमा बेवारिसे अवस्थामा बन्दुक फेला पारेको हो।
बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


