दुई बसको बीचमा ईभी च्यापिँदा चालक घाइते

बारा, २८ असोज — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६, उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको बीचमा विद्युतीय सवारी (ईभी) च्यापिँदा चालक घाइते भएका छन्।

 

बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ का ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन्। उनको ढाडमा चोट लागेको छ। निजगढस्थित सिटी अस्पतालमा उपचाररत मण्डलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि सडकमा रोकिएको थियो। सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दियो।

 

ठक्करपछि ईभी अगाडि रोकिएको बसमा समेत ठोक्कन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖