धनकुटामा ६ हजार गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा । धनकुटामा ६ हजार गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय भेडेटार र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–८ र शहीदभूमि गाउँपालिका–१ का विभिन्न स्थानमा गाँजा फडानी गरेको हो।
प्रहरीले प्राकृतिक रूपमा उम्रिएका तथा खेतबारीमा लगाइएका करिब ७.५ रोपनी क्षेत्रफलमा रहेका ६ हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।
