भोजपुर प्रदेश (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी
भोजपुर, २३ मंसिर । भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी हुनुभएको छ ।

फाईल फोटो
राईले २० हजार ३३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गर्नुभएको हो ।
प्रदेश (ख)मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


