यी हुन आरआर क्याम्पसका पूर्वविद्यार्थी नेता जसले चुनाव जिते

काठमाण्डौ ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अध्ययन गरेका आधा दर्जन पूर्वविद्यार्थी निर्वाचित भएका छन् ।

विजयी पूर्वविद्यार्थी सबै एमाले र माओवादी केन्द्रका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आरआरका विद्यार्थी नेता

-राजेन्द्रकुमार राइ, भोजपुर प्रदेशसभा क बाट विजयी
(उनी दुई पटक आरआरमा अनेरास्ववियुको अध्यक्ष भए । ०४९ मा स्ववियु सभापति बने)

-विशाल भट्टराई, खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित
(०४९ मा अनेरास्ववियुको प्रारम्भिक कमिटि अध्यक्ष भएका थिए)

-यज्ञराज सुनुवार, ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित
(०५३ मा महेन्द्ररत्न मा स्ववियु सभापति बने । एक कार्यकाल त्यहाँ सभापति भएपछि दोस्रो पटक आरआरमा स्ववियु सभापति भए)

-कृष्ण राई, काठमाडौं ३ बाट प्रतिनिधिसभामा निर्वाचित
(आरआरकै पूर्वविद्यार्थी तथा अनेरास्ववियु नेता थिए)

-विना मगर, कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित
(उनी आरआरकी पूर्व विद्यार्थी हुन् । ०५७ मा तत्कालिन माओवादी निकट विद्यार्थी संगठनबाट आरआरमा स्ववियु सदस्यकी उम्मेदवार बनेकी मगर पराजित भएकी थिइन् । ०६५ को स्ववियु निर्वाचनमा सरस्वती क्याम्पसबाट सभापतिमा विजयी भइन्)

त्यस्तै, योगेश भट्टराई महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति भएका थिए ।

काडमाडौं ४ बाट प्रतिनिधिसभामा निर्वाचित गगन थापा पनि ०५५ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।