नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेपछि ओलीले ल्याए कांग्रेसका लागि खुसीको खबर

झापा, २५ मंसिर । नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले कांग्रेसको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए ।

‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन्’ झापाबाट निर्वाचित सबै सांसदहरुलाई छेउमा राखेर ओलीले भने, ‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्छौं ।’

आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकिएको भन्दै ओलीले देश अब सहज ढंगले अघि बढ्ने बताए । उनले अब राजनीति होइन विकासका कुरा अघि बढ्न बताए ।

सरकार सन्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने उनले प्रष्ट पारे । ‘अब राजनीतिका कुरा होइन विकासका कुरा गर्छौं । हामीले बहुमत ल्याउनेमात्र सोचेको थिएनौं, बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ एमाले अध्यक्ष ओलीले भने,’त्यसैले साम्प्रदायिक विद्धेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र सम्बृद्धिको बाटोमा मुलुलाई लैजान्छौं ।’

उनले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोग लगायत राज्यका सबै संयन्त्रहरु धन्यवादको पात्र रहेको रहेको बताए । उनले मुलुकलाई विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प नरहेको भन्दै सबैलाई सम्मानपूर्ण व्यवहार हुने प्रष्ट पारे ।

झापामा आफ्नो नेतृत्वको वामपन्थी गठबन्धनलाई जिताउन जनता समक्ष गरेका बाचा पूरा हुने आश्वासन समेत उनले दिए ।

सबैभन्दा धेरै मत पाएर बिजयी गराएकोमा उनले मतदातालाई धन्यावद दिँदै भने, ‘मैले कतिपय निर्वाचन क्षेत्रमा चुनावअघि जमानी बसेको छ,त्यो जमानी पनि पूरा गर्नेछु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।