समानुपातिक तर्फ पनि एमाले पहिलो !

काठमाडौं, २५ मंसिर । प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले समानुपातिक तर्फको मतगणना भईरहेको छ ।

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले समानुपातिक तर्फ पनि पहिलो पार्टी देखिएको हो । ४ लाख ४६ हजार ३७ मत प्राप्त गरि प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको हो।

नेपाली कांग्रेसले ४ लाख २९ हजार ९१ मतका साथ दोस्रो नम्बरमा पुगेको छ । माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएर तेस्रो स्थानमा छ । त्यस्तैचौंथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् । राजपा नेपालको २५ हजार ७ सय ४१ र विवेकशील साझाको २३ हजार २ सय ३६ मत छ ।

त्यसैगरी राप्रपाको २१ हजार ९ सय ९९, संघीय समाजवादी फोरमको १८ हजार ३ सय ४०, नयाँ शक्ति पार्टीको १८ हजार १ सय २४ राप्रपा प्रजातान्त्रिकको ९ हजार २ सय ६०, राष्ट्रिय जनमोर्चाको ७ हजार १ सय १८ मत रहेको छ ।

अन्य दलको २८ हजार २ सय १६ मत रहेको आयोगले जनाएको छ । प्रदेशसभा तर्फ भने मिश्रित मतपरिणाम छ । प्रदेश नम्बर १, ३ र ५ मा एमाले, ४ र ७ मा कांग्रेस र ६ मा माओवादी केन्द्रको अग्रता छ । २ नम्बर प्रदेशमा भने राजपा अगाडि छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।