जसले विशाल अन्तरले जिते – भिडियो हेर्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा केही नयाँ रेकर्ड कायम भएका छन् । यसपटक सबैभन्दा धेरै मत ल्याएर जित्ने, सबैभन्दा धेरै मतान्तर बनाएर जित्ने र ४४ हजार मत कटाउँदा पनि हार्ने रेकर्ड एमालेकै पोल्टामा परेको छ । अहिलेसम्म ५० हजारभन्दा बढी मत कटाएर बिजयी हुने पाँच जना उम्मेदवार देखिएका छन् । सम्भवतः अब ५० हजार मत कटाएर जित्ने अरु सांसद हुने छैनन् ।

ओलीले पाए देशभरमै धेरै मत
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मत पाएर विजयी हुने रेकर्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा रहृयो । झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष ओलीले ५७ हजार १३९ मत पाएका छन् । यो मत प्रतिनिधिसभा निर्वाचनमा कुनै उम्मेदवारले पाएको सबैभन्दा धेरै मत हो ।

ओलीको निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर पनि दोब्बरभन्दा बढी छ । ओली भावी प्रधानमन्त्री हुन् ।

सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖