मधेस र मधेसी जनताको हक र अधिकार स्थापित नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

राजविराज, २६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको हक र अधिकार स्थापित नभएसम्म संघर्ष जारी रहने बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित विजयी ¥यालीलाई सम्बोधन गर्दै उहाँले मधेशका जिल्लामा आएको जनमतले मुलुकमा संविधान संशोधन गर्नुपर्ने दिशा निर्देश गरेको बताउनुभयो ।

अध्यक्ष यादबले मधेशको समस्या समाधान नभएसम्म कुनै पनि हालतमा राष्ट्रिय समस्याको समाधान नहुने बताउँदै मधेशको सवाल कुनै जातीय र क्षेत्रको नभई राष्ट्रिय सवाल भएको पुष्टि भइसकेको धारणा व्यक्त गर्नुभयो ।

संघीयता, समावेशिता, प्रादेशिक स्वायत्तता र स्वशासनको सवालमा मधेश एकमत रहेको उल्लेख गर्दै उहाँले गरिवी, बेरोजगारी र अभावग्रस्तजस्ता समस्याबाट मधेशका जनता बढी पीडित रहेको बताउनुभयो ।

अध्यक्ष यादबले भन्नुभयो, “वर्षाैदेखि सिंहदरबारमा बस्नेहरू यसका दोषी हुन्, उनीहरू मधेशप्रति पूर्वाग्राही भएर नश्लवादी चिन्तन देखाएको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।