युवतीहरुले ‘प्राइभेट अंग’ कसरी सफा गर्ने ?, यस्तो छ वरिष्ठ स्त्री रोग विशेषज्ञको भनाई… (भिडियो सहित)

– डा अचला वैद्य, वरिष्ठ स्त्री रोग विशेषज्ञ
धेरैले नुहाउनुलाई मात्र सरसफाइ भन्छन् । तर, बाहिरी सफाइसँगै यौनांगको सफाइबारे धेरैले चासो राख्नैनन् । बालिकादेखि वृद्ध महिलासम्मले यौनांग सफाइ गर्ने तरिका र महत्वबारे बुझ्नु जरुरी हुन्छ ।

हामीले प्रजनन उमेरका युवतीको यौनांगको सफाईबारे कुरा गर्दै छौं ।

पिसाव फेरेपछि वा दिसा गरेर धोएपछि चिसैमा कट्टु लगाउँदा पानीको संक्रमण हुन्छ । फंगल इन्फेक्सन हुन्छ, जसका कारण योनीमा दहीको छोकरा जस्तो सेतो वस्तु जम्मा भइरहेको हुन्छ । त्यसकारण प्रत्येक पल्ट ट्वाइलेट गएर पिसाव वा दिसा गरेर धोएपछि टिस्यु पेपरले पुछेर सुक्खा बनाएपछि मात्र भित्री कट्टु लगाऊनुपर्छ ।

देब्रे हातले दिसा धुने र दाहिने हातले अगाडिको भाग धुने गर्नुपर्छ । किनकि यो तरिका सधैं काम लाग्छ । जीवनभर नै यही तरिकाले सफाइ गर्ने हो । कट्टु पनि एकदम राम्रोसँग सुकेको हुनुपर्छ । अलिअलि सुकेकै छ, के हुन्छ र भन्दै चिसैमा लगाइलिने गल्ती कहिले गर्नु हुँदैन । बरु आइरन गरेर, हिटरमा सुकाएर तातो र सुक्खा बनाएर मात्र लगाइदिनुपर्छ ।

महिनावारी भएपछि सफाइ त गर्नैपर्छ । महिनावारी किशोरीका लागि फरक वातावरण हो । त्यो समयमा प्रयोग गरिने प्याड पनि सफा हुनुका साथै प्यान्टी पनि सफा हुनु आवश्यक छ ।

त्यो समयमा पनि योनी सुक्खा राख्नुपर्छ । किनकि त्यस बेला रगत आउने भएकाले सफाइमा ध्यान दिइएन भने दोहोरो संक्रमण हुन हुन्छ ।

महिनावारी भएको बेला पिसाव फेरर प्याड लगाउनुअघि हामीले योनीलाई सुक्खा राख्न आवश्यक छ ।

त्यो बेला प्रयोग गरिने कपडाको प्याड छ भने त्यसलाई राम्ररी साबुनपानीले सफा गरेर, सकिन्छ भने डिटोल पानीमा डुवाएर घाममा राम्ररी सुकाएर मात्र लगाउनुपर्छ ।

किनकि हाम्रो समाजमा अहिले पनि त्यस्ता कपडा घाममा सुकाउन लाज माग्ने चलन छ । तर, त्यो कपडालाई हामीले निकै संवेदनशील अंगमा प्रयोग गर्ने भएकाले योनीमा संक्रमण भएमा त्यो सर्दै पाठेघरसम्म पुगेर समस्या विकराल बनाउन सक्छ ।

महिनावारी भएर अर्को महिना हुनेबीचको समयमा सेतोपानी बगेर कति महिला आत्तिएर आउँछन् । तर त्यो सामान्य हो, डराउनुपर्दैन, सबैलाई महिनावारीबिचको समयमा त्यस्तो हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।