वाम एकताका लागि जनमोर्चा सकारात्मक

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरेको सो पार्टीले निर्वाचनको परिणाम उत्साहजनक रहेको तथा मतदाता र कार्यकर्ताको अपेक्षा बलियो कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतामा जोड दिएको हो ।

अध्यक्ष केसीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुगेर मजबुत धरातल निर्माण गरी पार्टी एकतामा जान सुझाव दिनुभएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी प्रतिक्रियावादी र विस्तारवादी शक्तिका विरुद्ध एकीकृत हुँदै राष्ट्रियताको रक्षा, संविधानको कार्यान्वयन र जनतन्त्रको लक्ष्य प्राप्तिमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖