गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले गरिन् यस्तो माग, गच्छदारलाई पर्यो फसाद

सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् ।

बहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचनमा धाँधली गरेर जितेको आरोप लगाउँदै चौधरीले उच्चस्तरीय समिति गठन गरी छानबिन गरेर पुनः मतदान गर्नुपर्ने माग गरेकी हुन् ।

बुधबार इटहरीमा पत्रकार सममेलन गरी उनले प्रहरी प्रशासन, निर्वाचन आयोगको सेटिङमा गच्छदारलाई जिताइएको आरोप लगाइन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले जितेको चुनाव हराउन अनेक जालझेल र षडयन्त्र भए ।’

उनले मतदानका दिन मतदान अधिकृतले मुचुल्का उठाउन प्रयोग गरेका खाली कागज र मतपेटिका सिल गर्ने वस्तु गणनास्थलबाहिर भेटिनुका साथै अर्धकट्टीसहितका नौवटा मतपेटिकाका सिरियल नम्बर हेर्न नदिएकाले षडयन्त्र भएको जिकिर गरेकी छिन् ।

मतगणना स्थगित हुँदासम्म भगवतीले २९ हजार ३२६ प्राप्त गरेकी थिइन् । विजयले भने २९ हजार १७१ प्राप्त गरेका थिए । विजयले आइतबारदेखि मतान्तर घटाउँदै सबैभन्दा कममा पु¥याएका बेला विवाद भएर गणना स्थगित भएको थियो ।

बुधबार बिहान सकिएको गणनाअनुसार सुनसरी ३ नं. क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले प्रतिनिधिसभा सदस्यमा ३ सय २१ मतान्तरले भगवतीलाई हराएर विजयी भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।