मुलुक बिचौलियाहरुले चलाऊने हैन नेता ज्यू, तपाईले चलाऊने हो : रवि (हेर्नुहोस् भिडियो)

निर्वाचनपछि चलेका अनेक बहसहरु मध्यको अर्को बहस हो प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बहस । आ आफ्नो ठाँउलाई राजधानी बनाउने होड र जोडमा नेताहरु लागि परेका छन् । सामाथ्र्य, पहिचान, सुविधा आदीका आधारमा प्रदेशका राजधानीहरु चुनिनु पर्छ र बहस त्यसैमा केन्द्रीत हुनुपर्छ तर प्रदेशको राजधानी कुन ठाँउमा बनाउने भन्ने कुराको निर्णय गराउन भुमाफीया अझ भनौ जग्गा दलालहरु सलबलाउन थालेका छन् ।

आफ्नो जग्गा भएको ठाँउमा राजधानी बनाउन पाए खुब पैसा कमाइन्थ्यो भन्ने कुरा बाहेक अरु केही नसोचेका जद सरहरुको पहुँच निकै माथि पुगिसक्यो । त्यसमाथी कति जग्गा दलालहरुले नै नेताहरुलाई चुनाव जिताउनमा नै सहयोग गरेका छन् ।

सरहरुको दावी छ कि चुनावमा मद्वत गरेकै आफ्नो जग्गा जमिन भएको ठाँउमा नै राजधानी बनाउन पाइयोस् भनेर हो । सामान्य भनसुनदेखि ठुला ठुला निर्णयहरुमा विचौलीयाको प्रभाव प¥यो र आज विचौलीयाहरु धनी भए मुलुक गरीब भयो ।अझै पनि नेताज्युहरुको नजिकका मान्छे भनेकै विचौलीयाहरु हुन थाले भने मुलुक थप बरवादी तर्फ लाग्छ ।

सर्वसधारण भोटरले आफ्नो नेतालाई देख्न भेट्न नपाउने तर विभिन्न क्षेत्रका विचौलीयाहरुको वे्रकफाष्ट, लञ्च र डिनर चाँहि नेताज्युहरुसित हुने क्रमले निरन्तरता पायो भने यो मुलुक तलदेखी माथीसम्म विचौलीयाले चलाएको मुलुक बन्छ ।

सामाथ्र्य, पहिचान, सुविधा, मौलीकता र जनचाहाना अनुरुप प्रदेशका राजधानीहरु तोकिउन, कसैको जग्गाको भाउ बढाउन प्रदेशको राजधानीका लागि लविङ नहोस । सुनिन्छ कतिपय जनप्रतिनिधीहरुको त विचौलीयाहरुसँग पार्टनरशिप नै छ रे ।

मुलुकको विकासका बाधक हिजो पनि यस्तै अस्वस्थ पार्टनरशिप थिए । ठेक्का, पट्टा, प्रोजेक्ट मिलाइदिए वापत मन्त्रीहरुले पाउने कमिशन, शेयर र पार्टनरशिपले आज जुन गति मुलुकले भोगेको छ अब त्यो अन्त्य होस । नत्र आँफु मन्त्री भएको देशमा आफ्ना सन्तानलाई पढाउँन र बढाउन सक्नु हुन्न र तपाईको जीतमा देशले हारेको हुन्छ ।

पत्यार नलागे एक पटक त्रिभुवन विमानस्थलमा जानुहोला जहाँ प्रत्यक दिन १२ सय नेपाली विदेश जाने लाइनमा बस्छन् अनि विदेश छोडी स्वदेश आउने १/२ जना पनि आलोचनाको शिकार बन्छन् । मुलुक विचौलीयाले होइन नेताज्यु तपाईले चलाउने हो ।सिधाकुरा जनतासँगः पप्पु कन्सट्रक्सन फलोअप, दलित स्कुलको रुप फेरिँदै , मुशहर वस्तीको सिलन्यास शुरु भयो वस्ती निर्माण, बनाउदैछौ ७७ घर । उद्धारका लागि अलपत्र परेका चेलीहरुको लाईन्

पर्साको मौवान ७ स्थीत दलीत प्राथमिक बिद्यालयका बिद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि हामीले निरन्तर पहल गरीरहेका छौं । हाम्रँ दर्शकहरुको सहयोगमा बिद्यालयको भौतीक पुर्वाधार, बिद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्रीहरु उपलब्ध भैरहेका छन् । हाम्रा दर्शकहरुको सहयोगमा स्कुलको ममर्त सम्भार पनि भईरहेको छ ।

सप्तरीको तिलाठी कोईलाडीको मुशहर वस्ती सिलन्यास भएको छ । प्रत्येक वर्ष सानोतिनो बाढीबाट समेत डुवानमा पर्ने सप्तरी हनुमानगर स्थीत कोहिलाडीमा रहेको मुशहरु बस्तीको अब मुहार फेरीने भएको छ । बस्तीका करीब ७७ परीवारका लागि न्युज २४ टेलीभिजनले डुवान, भुकम्प, हावाहुरीबाट बच्न सक्ने घरहरु निमार्ण सुरु गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖