यी हुन् म्यादि प्रहरीलाई गोली हानी मार्ने प्रहरी ! कालिकोटमा झनै बढ्यो तनाव ! यसरी हानीएको थियो गोली

कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादि प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

माईतिघर मण्डलामा गरिएको बिरोध प्रदर्शनमा कर्णालीका बिभिन्न जिल्लाबाट काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा आबद्ध सहभागीहरुले मृतक विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै प्रशासनबिरुद्ध चर्का नाराबाजी गरे ।

उनीहरुले प्रहरी दमन मुर्दाबाद , विवेक ऐडिलाई शहिद घोषणा गर , नालायक देउवा सरकार राजीनामा दे , हत्यारा पुलिसलाई कारबाही गर , पुलिस प्रशासन मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

बिरोध प्रर्दशनपछि बोल्दै एमाले कालीकोटका अध्यक्ष नेशनल शाहीले प्रहरी प्रशासन बिरुद्ध आक्रोश पोख्दै शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।

उनले रोटीका लागी आन्दोलन गर्ने युवालाई गोली दिने बर्तमान सरकारको राजीनामा माग गर्दै मृतकलाई शहिद घोषणा गरि क्षतिपूर्ती दिनुपर्ने बताए ।

त्यस्तै माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले विवेक ऐडिलाई शहीद घोषणा गरेर क्षतिपूर्ती सहित घटनामा संलग्नलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तिलक उपाध्यायले गृहप्रशासनको रबैयाले युवाहरुलाई आक्रोशीत बनाएको भन्दै दोषीलाई कडा कारबाही सहित विवेक ऐडिलाई शहिद घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

https://youtu.be/2debgxDYJXc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖