ओलीको निवास बालकोटमा ओली र प्रचण्ड बीच झण्डै डेढ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं, १२ पुस । एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधबार भएको छलफलमा संयोजन समितिको बैठक बोलाउने सहमति भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर बालकोटमा दुई नेताबिच झण्डै डेढ घण्टा छलफल भएको थियो । छलफल मुख्यगरी नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा गठन अध्यादेशकाबारेमा केन्द्रित रहेको पनि अधिकारीले जानकारी दिए ।

पार्टी एकताका विषयमा बाहिर आएका कुरा हल्ला मात्र भएकाले त्यस्ता हल्लाको पछि लाग्न नहुने, जतिसक्दो छिटो पार्टी एकताको काम टुंग्याउनुपर्ने, नयाँ सरकार गठनमा ढिलाई गर्न नहुने र सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै नेता एकमत रहेको अध्यक्ष ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।