यी हुन २७ बर्षीय सिर्जना जो छोटो समयमै बनिन सांसद !

काठमाण्डौं । राजनीतिमा कालो कपाल सेता बनाई सक्दा समेत धेरैले माथिल्लो तहको सफलता पाउन सक्दैनन् । अझ जिल्ला तहमा काम गर्ने नेता–कार्यकर्ताको राजनीतिक इतिहास खोज्दै जाने हो भने यस्ता उदाहरण धेरै पाउन सकिन्छ ।

तर, कोही मानिस छोटो समयमै राजनीतिमा सफल मात्र हुँदैनन्, निकै उचाइ समेत ग्रहण गर्छन् । यस्तै संयोग नेपाल मजदुर किसान पार्टीकी एक २७ वर्षीया नेत्तृ सिर्जना सैंजुलाई मिलेको छ । २७ वर्षीया सिर्जना सैंजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर–३ को सांसद बनाएको छ । नेमकिपाले प्रदेश नम्बर–३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो ।

नेमकिपाले बुधबार सैंजुलाई प्रदेश सांसद निर्वाचित गर्दै निर्वाचन आयोगलाई जानकारी दिएको हो । उनी हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन् । उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भईसकेकी छिन् । सिर्जना नेमकिपाको आस्था सांस्कृतिक परिवारको पूर्व अध्यक्ष समेत हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖