एमाले र माओवादी केन्द्रबीच एकता हुन नदिने सपना नदेख्न सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी

काठमाडौं, १८ पुस । वाम गठबन्धनका नेताहरुले एमाले र माओवादी केन्द्रबीच एकता हुन नदिने सपना नदेख्न सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।

एमाले नेता रघुवीर महासेठ र माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रदेश प्रमुख राजनीतिक सहमतिको आधारमा मात्रै तोक्न पनि सरकारसँग माग गरेका छन् ।

मंगलबार काठमाडाैँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता महासेठले बाम गठबन्धनलाई फुटाउने षडयन्त्र गरिरहे काँग्रेस आफै समाप्त भएर जाने चेतावनी दिए । उनले जनादेश अनुसार सरकार गठन प्रक्रियामा ढिलाई नगर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रदेश प्रमुख नियुक्ती राजनीतिक सहमतिकै आधारमा गर्न सरकारसँग माग गरेका छन् । उनले राष्ट्रिय सभाको निर्वाचनमा लागि प्रदेश प्रमुख तोक्नुपर्ने भएकाले त्यसमा सहमति जुटाउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।