माओवादी केन्द्रका नेता देवेन्द्रले भने,- प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता हुँदैन

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले एमालेले सबै आफूमात्रै हुन्छु तपाईं आउनुस् भनेको खण्डमा पार्टी एकता नहुने बताए ।

‘सबै ममात्रै भन्यो भने पार्टी एकता हुँदैन, जनादेशलाई स्वीकार गर्नुपर्छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, र पार्टी अध्यक्ष र संसदीय दलको नेतासहित सबै पद एउटै पार्टीले दिने हो भने त्यसको के महत्व हुन्छ ?’ नेता पौडेलले थपे, ‘त्यो भनेको विलय गर्नु हो, तर माओवादी र एमालेको सांगठनिक धरातल एउटै छ, एकता गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीमध्ये एउटा जिम्मेवारी लिनुपर्छ, छोडेको प्रचण्डले जिम्मा लिनुहुन्छ ।’

नेता पौडेलले माओवादी र एमालेबीचमा भएको सम्झौताको आधारमा अघि नबढे मुलुकको समृद्धि सम्भव नरहेको स्पष्ट पारे ।

उनले भने,’जनताले हामीलाई पाँच वर्षको लागि स्थिर सरकार र पार्टी एकताका लागि भोट दिएका छन्, त्यसैले यसबारेमा नेतृत्वले बुझ्नुपर्छ, हाम्रो पार्टी यसमा गम्भीर छ, एमाले पनि गम्भीर बन्नुपर्छ ।’

नेता पौडेलले माओवादी केन्द्रले जवज नमान्ने र एमाले पार्टीले माक्र्सवादी नमान्ने स्पष्ट भएकाले असहमतिका मुद्धालाई थाँति राखेर महाधिवेशनमा पारित गर्ने गरी पार्टी एकता गर्न सकिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖