‘आमाको काख भन्दा कोरियाको लाख प्यारो !’ (भिडियो सहित)
नेक हन्ठर र ठक्कर खाँदै अन्त्यमा म पनि लाहुरे बन्न कोरिया आइपुगेँ । काम सुरु भयो । जुलाई महिनाको गर्मी, त्यसमाथि ८० डिग्रीको तातो पानीमा जिन्स पाइन्ट धुनुपर्ने काम रहेछ । पसिनाले जिउ निथ्रुक्कै । एकछिन काम ढिलो गर्यो भने कोरियन चिच्याइहाल्छ, पाल्लि हे खे सेक्या ! (छिटो गर कुकुरको बच्चा !) एक/दुई घण्टा पो छिटो गर्न सकिन्छ काम, पूरा दिनैभरि उही रफ्तारमा कसरी गर्नु ! त्यसमाथि भाषा नबुझेर हैरान ! एउटा काम गर भन्दा अर्को हुन्छ अनि लात उचालिहाल्छ, गोलीभन्दा कडा बोलीले हानिहाल्छ । कति बेला त यति झोंक चल्छ, यसलाई मुक्का हानेर नेपाल फर्किन्छु भन्नेसम्मको सोच आउँछ । रिसै उठेर कति पटक त नेपालीमै गाली पनि फर्काएँ, ए… भोटे कुत्ता … !
https://youtu.be/FcARNfxaPN4


