नेपालका लालु यादवहरुलाई कहिले जेल हाल्ने ?, कलंकी चोकमा ट्राफिक प्रहरीको ताण्डव, लछार्दै वाईक चालकलाई यसरी कुटे
बिहारका मुख्यमन्त्री एवंम आरजेडी नेता लालु प्रसाद यादवलाई चारा घोटालाको दोस्रो मुद्धामा ३ बर्ष ६ महिना जेल सजाय सुनाएको छ । घोटाला त हामी कहाँ पनि भैरहेका छन् शायद बिहार भन्दा कम घोटाला हुँदैनन् यहाँ । घोटाला भए नभएको हेर्ने निकाए त हामी कहाँ पनि छ, स्रोत साधनयुक्त, अधिकार सम्पन्न ।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पानामा पेपर काण्डमा दोषी ठहरायो । पानामा पेपरले त हाम्रा मानिसहरुको पनि रहस्यउद्घाटन गरको थियो । यि त वरिपरीका मुलुकका उदाहरण भए ।
भ्रष्टाचारको आरोपमा क्रुर भन्दा क्रुर सजाए दिएका विभिन्न देशका उदाहरणहरु दिन नपार्ला अनि सर्वसाधारण जनताले भ्रष्टाचारी नेतालाई उचालेर फोहार फाल्ने ठुलो ढ्वाङमै खसालेका दृष्यहरुको उदाहरण पनि त्यती स्वीटेबल नहोला तर मुलुक पछि पर्नमा विभिन्न घोटालाहरु दोषी छैनन ?
काण्डै काण्ड, घोटालै घोटाला, भष्टाचार नै भ्रष्टाचार भएको राष्ट्रिय, अन्तराष्ट्रिय प्रतिवेदनहरु के कागजमा बन्द गर्न मात्र राखिएका हुन् ?
आज भारतीय संञ्चार माध्यमहरु लालु यादवको चारा घोटाला र अदालतले उनलाई सुनाएको साढे ३ बर्ष कैद र ५ लाख जरीवानाको समाचारले तातेका छन् । यस्तो सौभाग्य हामीलाई किन प्राप्त नभएको होला ।
करिब २० बर्ष भयो भ्रष्टाचारको आरोपमा ठुला माछा नसमातिएका । गोविन्दराज जोशी, खुमबहादुर खड्का, जयप्रकाश प्रसाद गुप्पताहरु नसमातिएका होइनन् तर के त्यसपछिको करिब २० बर्षको अवधिमा मुलुकमा घोटाला नै भएका छैनन त ?
ठुला राजनीतिज्ञहरुको संलग्नतामा यो मुलुकमा भ्रष्टाचार नै नभएको हो त ? सधैभरी ८÷१० हजार खाने कर्मचारी समातेरै नाक फुलाउने हो भने तर भ्रष्टाचार नियन्त्रण, नियमनका लागि भनेर खुलेका कार्यालयहरु र फुलेका हाकिम साबहरुको के काम भयो र ?
आँट गर्नुहोस, यो मुलुकका ठुला भनेका धेरै नेताहरुको घोटाला र भ्रष्टाचारका सबुद प्रमाणसहितका फाइलहरु धुलाले पुरिन लागिसके रे ।
टक्टक्याऔं, खोलौं र त्यस्ता भ्रष्टहरुलाई सत्ताको कुर्सीमा होइन जेलको गुन्द्रीमा विराजमान गराऔं । लालु प्रसाद यादवले पनि जेल जानु पर्ला भनी सोचेका चिएनन् ।
हामी कहाँ पनि धेरै लालु प्रशादहरु छन् । बस आँट गरेर धुलोले पुरीन आँटेका फाइल खोल्न सक्ने १ जनाको कमि छ ।
कलंकी चोकमा ट्राफिक प्रहरीको ताण्डव, लछार्दै वाईक चालकलाई यसरी कुटे – हेर्नुहोस् सिधाकुरा जनतासँग
https://youtu.be/BDIRIhtOkeg


