ओली निवासमा एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्दै
काठमाडौं, २५ पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा दिउँसो ३ बजे बस्न लागेको ओलीका प्रेस संयोजक चेतवन अधिकारीले जानकारी दिए ।
एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठन अगाडि नै सरकार बनाउने गरेर दवाव परिरहेका बेला समितिको बैठक बस्न लागेको हो । लामो समयपछि बस्न लागेको बैठकमा पार्टी एकीकरणको खाका कसरी तयार पार्ने भन्ने विषयमा छलफल हुनेछ ।
सोमबार बसेको एमालेको स्थायी समितिको बैठकले दुई पार्टीको एकीकरणलाई छिटो अगाडि बढाउने निर्णय गरेको थियो । एमालेका अध्यक्ष ओली पुस २६ गते उपचारका लागि बैंकक जानु अगाडि माओवादीसँग विशेष निर्णय गर्ने तयारीमा नेताहरू रहेका छन् ।


