टुंगियो एमाले माओवादी शिर्ष तहको पद बाँडफाँड !, हेर्नुहोस कसले कुन पद पाउने भए ?

काठमाडौं, पुस २५ । एकीकरणको संयोजनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शिर्ष तहको पद बाँडफाँडमा सैद्धान्तिक सहमतिको खाका बनेको छ ।

आगामी सरकारको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत बामपन्थी पार्टीको सहअध्यक्ष रहनेछन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी हाइकमान्डको कार्यकारी पदमा रहने सहमति बनेको छ ।

यस्तो सहमति ओली र प्रचण्डबीचको वैठकमा भएको छ । यसले एकता संयोजन समितिको वैठक डाक्न सहज भएको छ ।

एकतापछि दुबै पार्टीको मुख्य नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन ।

बैंकक जानुअघि ओलीले प्रचण्डसँग गोप्यरूपमा गरेको सहमतिबारे माओवादी स्रोतले भन्यो,‘विवादरहित नेतृत्वका लागि यस्तो सहमतिको खाका तयार भएको छ । यहि खाकाको आधारमा एकता संयोजन समितिले अन्य प्राविधिक कामको टुंगो लगाउनेछ ।’

बामपन्थी एकीकरणमा प्रभावकारी चासो भारतीय पक्षको पनि रहेका कारणले यस्तो सहमति बनेको हो । भारतीय पक्षले ओलीले अध्यक्ष नछाडे प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउनका लागि सुझाव दिएको थियो । तर, ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले पार्टीको नेतृत्व पाउने पक्का भएको छ ।

प्रचण्डको नेतृत्वलाई एमालेका अन्य नेताले पनि स्वीकार गर्ने भएपछि ओली यो निष्कर्शमा पुगेका हुन् । यस्तो सैद्धान्तिक सहमति बामपन्थी गठबन्धन बन्नु अघि नै भएको थियो ।

बामपन्थी गठबन्धन घोषणापूर्व नै प्रचण्डले प्रधानमन्त्री भन्दा पार्टी कमान्डमा आफ्नो रूची देखाएका थिए । उक्त रूची सम्बोधन गर्नका लागि नै ओलीले गठबन्धनमा सहमति जनाएका थिए ।

आइतबार राती ओलीनिवासमा बालकोटमा भएको भेटमा प्रचण्डसँग ओलीले यस्तो समझदारीमा अघि बढ्ने बताएका थिए । तर, उनले प्रधानमन्त्री पदका लागि अन्य विकल्पमा नजानका लागि आग्रह समेत गरेका थिए ।

प्रचण्डले चाहेको बेलामा आफू प्रधानमन्त्री बन्नसक्ने अवस्था रहेपनि तत्काल पद भन्दा बामपन्थी ध्रुवीकरण र एकतालाई प्रभावकारी प्रयोग गर्न उद्दत रहेको बताउँदै आएका थिए । प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको उपल्लो घेराको हाईकमाण्ड गर्नका लागि पहिलेदेखि नै उद्दत छन् । – जुमएनपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।