प्रेमको विषयलाई लिएर ४०० फिटको भीरबाट फालिएका युवक ५ दिनपछि जिउँदै निस्किए

एजेन्सी, २९ पौष । एक युवतीसँगको प्रेमको विषयलाई लिएर अन्य ३ युवकले निर्घात कुटपिट गरी हातखुट्टा बाँधेर ४ सय फिट अग्लो भीरबाट फालिएका युवक ५ दिनपछि जिउँदै निस्किएका छन् । उनलाई ती ३ युवकले अपहरण गरेका थिए । भारतको इन्दौर शहरका बिएस्सीमा पढिरहेका २० वर्षका युवक मृदुल भल्लालाई अपहरण गरेर ती युवकले ३१ किलोमिटर टाढा लगेर निर्घात कुटपिट गरेपछि हातखुट्टा बाँधेर भीरबाट फालेका थिए । उनीहरुले हत्याको नियतले माथिबाट ढुंगा समेत लडाइदिएका थिए ।

यता घरबाट उनी बेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । शुक्रबार प्रहरी घटनास्थलमा शंका लागेपछि भीरबाट तल गएको थियो । घटनास्थलबाट ४ सय मिटर तल पुग्दा प्रहरीले मृदुलको कपडा देख्यो । ४५ मिनेट लगाएर भीरबाट तल जाँदा प्रहरीले मृदुललाई झरनामा घोल्टो परेर लडेको अवस्थामा भेट्यो । प्रहरीले उनलाई पल्टाउँदा उनको मुखबाट हावा निस्कियो । जिउँदै देखेपछि प्रहरीले घटनास्थलमै डाक्टर बोलायो ।

दिउँसो १२ बजे उनलाई माथि ल्याएर इन्डेक्स मेडिकल कलेज पु¥याइयो । प्रहरीका अनुसार मृदुललाई ७ जनवरीका दिन दिउँसो २ बजे फ्यााकिएको थियो । १२ जनवरीका दिनसम्म त्यस्तो स्थानमा उनलाई जीवितै देखेर डाक्टर पनि चकित परेका छन् । डाक्टरका अनुसार मृदुलका हातखुट्टा चिसोले ककरिएका थिए तर उनको मुटु फोक्सो र कलेजोमा धेरै चोट थिएन । ढुंगाले घाउ भइको भए पनि घोप्टो अवस्थामा नालीमा फस्दा उनको रक्तश्राव रोकियो । चिसो भएका कारण घाउका त्यति धेरै संक्रमण पनि हुन पाएन । सास फेर्न पनि कुनै समस्या नभएका कारण उनी जीवितै रहन सके ।

घटनाको मुख्य आरोपी २४ वर्षका आकाश रत्नाकर भएको बताइएको छ । आफ्नी प्रेमिकासँग मृदुल नजिकिएको आशंकामा उनले हत्याको प्रयास गरेका थिए । उनका साथी २० वर्षका विजय परमार र रोहित भनिने २३ वर्षका पियुष परेतासँग मिलेर आकाशले आफ्नै दाजुको स्विफ्ट कारमा मृदुलको अपहरण गरेका थिए । आकाशले दूधवालाको फोन मागेर मृदुललाई फोन गरेर आफ्नी प्रेमिकाका काका बनेर भेट्न बोलाएका थिए । तीनै जना आरोपी फरार छन् र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । – डिसीनेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।