धनकुटाबासीको अनौठो प्रदर्शन : घरका पेटी र बरण्डामा बसेर थाल ठटाईने
धनकुटा खबर । धनकुटा प्रशासनले निशेधाज्ञा जारी गरेर सभा, सम्मेलन र आन्दोलन गर्न रोक लगाएपछि बजारबासीहरुले घरको पेटी र बरण्डाहरुमा बसेर थाल बजाएर बिरोध प्रदर्शन गर्ने भएका छन् ।

फाईल फोटो
शुक्रबार बाट आज सम्म आम हडताल जारी राखेका आन्दोलनकारीहरुले उक्त प्रदर्शन १२ बजे देखि आधा घण्टाको लागि गर्ने आन्दोलनका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।
धनकुटालाई प्रदेश नं. १ को अस्थाई राजधानी बनाउने ३५ दिन देखि जारी आन्दोलन,आमहडताल,कफ्र्यू र निशेधाज्ञाका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ ।
आन्दोलनकारीको हडताल र प्रशानको निशेधाज्ञाका कारण धनकुटा भएर तेह्रथुम, भोजपुर, संखुवासभा र ताप्लेजुङ्ग जाने सवारी साधनहरु प्रभावित भएका छन् ।


