एमाले-माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बालकोटमा

काठमाण्डौ, ७ माघ । नेकपा एमाले र माओवादी एकता संयोजन समितिको बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ ।

बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुग्याउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालकोटस्थित ओली निवासमा शनिबार भएको बैठकमा प्रदेश सरकार गठन, राष्ट्रियसभा उम्मेदवार चयन र पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।

राष्ट्रियसभाको उम्मेदवारी र प्रदेश सरकार गठनका लागि कार्यदलले तयार पारेका प्रतिवेदनलाई एकता संयोजन समितिले अन्तिम रुप दिनेछ । त्यस्तै पार्टी एकताबारे पनि छलफल र निर्णय हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖