यस्तो बन्दैछ धनकुटा हिलेमा ‘भ्यू प्वाईन्ट’ ! (फोटो फिचर सहित)
धनकुटा खबर । पर्यटक प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा नगरपालिका वडा नं १ हिलेमा भ्यू प्वाईन्ट निर्माण भईरहेको छ ।

यहाँको धार्मिक तथा पर्यटकीय गन्तव्य वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर नजिकै रहेको पर्यटन मन्त्रालयको १ सय ३२ रोपनी जग्गा क्षेत्रमा करिव २४ सय स्क्वाएर फुटको भ्यू प्वईन्ट निर्माण गरिदै गरेको हो ।

अहिले पर्यटन मन्त्रालयबाट संस्थालाई प्राप्त ११ लाख रकमले भ्यू प्वईन्ट र प्वईन्टबाट मन्दिर तर्फ झर्ने वाटोमा १ सय ८ सिढी निर्माण गर्ने योजना रहेको पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभयो । उल्लेखित काम फागुन महिनासम्म सक्नेगरी काम भईरहेको उहाँले वताउनुभयो ।

तत्काल रकम पर्याप्त नभएको कारण भ्यूप्वईन्टको काम पूरा गर्ने र वाटोमा सिढीं बनाउने काम गर्ने अध्यक्ष विष्टको भनाई छ । आगामी दिनमा भ्यू प्वईन्टमा टावर निर्माण गर्ने र सिढींमा रेलिङ्ग लगाउने संस्थाको योजना छ ।






