धनकुटामा निषेधाज्ञा हट्यो, आमहड्ताल कायमै
धनकुटा खबर । प्रादेशिक राजधानीको माग राखि चलेको आन्दोलन उग्र बनेपछि गत बिहिबार देखि धनकुटा प्रशासनले सदरमुकाम धनकुटा बजारमा लगाएको निषेधाज्ञा अहिले दिउँसो तीनबजेबाट हटाएको छ ।

आन्दोलनकारीका बिरोधका कार्यक्रम केहि शान्त बन्दै गएकाले आज अपराह्न्न तीन बजेदिख भोली बिहान सात बजेसम्मका लागि निषेधाज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
आन्दोलनकारीका गतिविधि हेरर प्रशासनले थप निर्णय लिने उहाँको भनाई छ । निषेधाज्ञा हटाइएपनि आन्दोलकारीहरुको आमहड्ताल भने कायमै छ । प्रादेशिक राजधानीको माग गर्दै ३८ दिन देखि आन्दोलन चलिरहे पनि स्थानीय प्रशासन र आन्दोलनकारीबीच जारि तनाव अन्त्य गर्ने बिषयमा फलदायी संवाद हुन सकेको छैन ।


