‘कम्युनिष्टको नेतृत्व अब क्रान्तिकारी माओवादीले गर्छ’ : सिपी गजुरेल

उदयपुर, माघ ९ । नेकपा ‘माओवादी क्रान्तिकारी’का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए तापनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता गजुरेलले प्रदेश र केन्द्रको सरकार गठन हुन नसकेको तथा सरकार पनि कामचलाउ मात्र भएर अझै पनि बहुमतीय सरकारजस्तै काम गरिरहेको आरोप लगाए ।

विसं २०५२ देखि आफूहरुले बन्दुक उठाउनुको अर्थ गणतन्त्र मात्र प्राप्त गर्नु नभएर जनगणतन्त्रसम्म पुग्नका लागि भए तापनि आज केही कम्युनिष्टले सबै लक्ष्य र उद्देश्यलाई वाम गठबन्धनका नाममा दक्षिणपन्थीतर्फ संशोधन गर्दै लगेको विचार व्यक्त गरे ।

“वैचारिक रुपमा नेपाली काँग्रेस २०१५ सालभन्दा अगाडि बढ्न सकेको छैन, नेकपा ‘एमाले’ र माओवादी केन्द्रले सच्चा कम्युनिष्टको नारा दिएर वाम गठबन्धनको नाममा दक्षिणपन्थतर्फ कम्युनिष्ट आन्दोलनलाई लगेका कारण देशमा अझै संघर्ष बाँकी छ”, उनले भने ।

अब कम्युनिष्टको नेतृत्व आफूहरुले गर्ने तर हिजोको जस्तो जनयुद्ध नभई वैचारिक मोर्चा र संघर्षबाट आफूहरुले नेपाली जनतामा दक्षिणपन्थको भण्डाफोर गर्दै नेपाललाई सच्चा समाजवादतर्फ डोर्‍याउने जिकिर उलने गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।