ऋषि धमला पत्नी एलिजा गौतम कार्टुञ्ज क्रुजका सरोजको अँगालोमा ! – भिडियो सहित

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ ।

ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ । दरबारमार्गको एक क्लबमा छायाङ्कन भइरहेको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारीले जोडी बाँधेका छन् ।

भिडियाको कोरियोग्राफी विक्रम स्वारले गरेका छन् । सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र ‘अनुराग’मा एलिजाको अपोजिट समुन्द्र पण्डित छन् । साङ्गीतिक प्रेम कथामा तयार भएको चलचित्रलाई एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको हो । चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के.सीको छायाङ्कन छ ।

https://youtu.be/IoLEontqsWc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।