क्यूपेक नेपालद्वारा १४ बुंदे मागपत्र पेश (मागपत्र सहित)

धनकुटा खबर । नेपाल विजुली पेन्टर प्लम्वर तथा निर्माण मजदुर युनियन क्यूपेक नेपालले आज धनकुटाको विभिन्न ५ वटा कार्यलयमा १४ वुदें माग मागपत्र पेश गरेको छ । जिल्लाको जिल्ला समन्वय समिति,विद्युत नेपाल प्राधिकरण, धनकुटा नगरपालिका, छथरजोरपार्टीको कार्यलय र धनकुटा नगरपालिकाको १ नं वडा कार्यलयमा विभिन्न १४ वुदें माग पत्र वुझाएको हो ।

क्यूपेक नेपाल जिल्ला अध्यक्ष सिताराम तामाङ्गद्धारा हस्ताक्षरित माग पत्रमा निर्माण मजदुरहरुलाई स्थानीय निकायमा पञ्जिकरण दर्ता गर्ने व्यवस्था गर्नुपर्ने,दर्ता गर्न त्रीपक्षिय समिति निर्माण गर्नु पर्ने , मजदुरहरुलाई परिचय पत्रको व्यवस्था गर्नु पर्ने,मजदुरहरुलाई अनिवार्य भूकम्प प्रतिरोधात्मक तालिम दिने व्यवस्था गर्नुपर्ने, काम गरेको अनुभवको आधारमा दक्षताको प्रमाण पत्र स्थानीय निकायले दिने व्यवस्था तथा स्थानीय निकायवाट निर्माण मजदुरहरुलाई कार्य दक्षता अभिवृद्धीका लागि डकर्मी,विद्युत कर्मी,प्लम्वर,सिकर्मी, पेन्टिङ्ग सम्वन्धि तालिमका लागि हरेक आर्थिक वर्षको वजेट समेत व्यवस्था गर्नुपर्ने,भवन निर्माणका लागि भूकम्प प्रतिरोधि तालिम लिई प्रमाण पत्र प्राप्त गरेका दक्ष निर्माणकर्मीलार्य मात्र काम लिने दिने व्यवस्था गर्नुपर्ने लगायतका माग गरिएको छ ।

त्यस्तै भवन निर्माणको काम गर्ने र गराउने वीच अनिवार्य लिखित सम्झौता र सूरक्षा सामाग्री घरधनीले दिने व्यवस्था गर्नुपर्ने, जिल्ला, नगर, गाउँ तथा वडाहरुमा दररेट निर्धारण समिति वैठकमा श्रमिकहरुलार्य अनिवार्य सहभागी गराउने व्यवस्था गर्नुपर्ने,असमान ज्याला वा लैंगिक भिन्नताको आधारमा दिईने पारिश्रमिक असमानताको अन्त्य गरी समान कामको समान ज्याला अनिवार्य दिनुपर्ने, श्रमिकहरुको वालवालिकाहरुलाई शिशु स्याहार केन्द्रको व्यवस्था गर्नुपर्ने,व्यवसायीजन्य स्वास्थ्य र सूरक्षाको तालिम गराउने व्यवस्था गर्नुपर्ने,भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरुको अनिवार्य दूघर्टना विमा गर्ने व्यवस्था गर्नुपर्ने, अंग भंग भएमा वाच्न पुग्ने गरी रकमको व्यवस्था तथा मृत्यू भएमा उचित क्षतिपूर्तिको व्यववस्था गर्नुपर्ने, निर्माण क्षेत्रको विभिन्न समस्या वारे स्थानीय निकाय र ट्रड यूनियन वीच छलफल गर्न श्रम डेक्सको व्यवस्था गर्नुपर्ने महंगीको आधारमा मजदुरहरुको ज्याला वृद्धी गर्नुपर्ने, अति विपन्न, एकल महिला तथा असहाय मजदुरहरुको वालवच्चा को स्वास्थ्यउपचारतथा शिक्षामा सहयोग गर्नुपर्ने र निर्माण मजदुर कल्याणकारी कोषको स्थापना गरी मजदुरहरुलाई सामाजिक सूरक्षाको अनिवार्य व्यवस्था गर्नुपर्ने माग समेत उल्लेख छ ।

क्यूपेकले देशका अन्य जिल्लाहरुमा पनि आजै मागपत्र सम्वन्धित कार्यलयहरुलाई बुझाएको अध्यक्ष तामाङ्गले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖