यसकारण धनकुटाको अनिश्चतकालिन आम हडताल फिर्ता !
धनकुटा खबर । धनकुटालाई प्रदेश नं.१ को राजधानी माग गर्दै जारी आन्दोलनका क्रममा माघ १६ देखि अनिश्चित कालिन भनिएको आम हडताल आन्दोलनकारीहरुले फिर्ता लिएका छन् ।

१५ गते सम्म दैनिक १ घण्टा चक्काजाम र कालो पट्टी र घर–घरमा कालो झण्डा राखेर बिरोध जारी राखेको धनकुटाबासीहरुले माग पुरा नभए अनिश्चितकालिन आम हडतालको घोषणा गरेको थियो ।
तर यस बीचमा सरकारले आन्दोलनमा घाईतेहरुको उपचार गर्ने, राजधानीका लागि भौतिक संरचनाको अध्ययन पुनः गर्ने र बार्ताका लागि मुख्य सचिव धनकुटामा आउने भएपछि आम हडताल रोकेका हुन् ।
४५ दिन देखि चरणवद्व आन्दोलनका क्रममा जारी १ घण्टा चक्का जाम र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु भने निरन्तर जारी रहने आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।


