गोकर्णमा जे देखियो (भिडियो)
गोकर्ण, स्थान परिचय : समुद्र सतहबाट १३३६ मिटरको उचाइमा रहेको गोकर्ण इतिहासकारहरूका अनुसार किराँतीहरूको राजधानी हो । यो क्षेत्र दुई हजार वर्ष पहिले किराँतकालतिर काठमाडौँ उपत्यकाको राजधानी रहेको थियो भन्ने भनाइ छ । त्यसबाहेक यो क्षेत्र लिच्छविकालीन राजा मानदेवको मानगृह अवस्थित भूमि पनि मानिन्छ । गोकर्णको प्रमुख सांस्कृतिक आकषर्ण भनेको पवित्र बागमती किनारमा अवस्थित मानदेवले निर्माण गरेको मानिने गोकर्णेश्वर महादेव मन्दिर हो । तीनतले भव्य यो मन्दिर लिच्छवि कला र वास्तुकलाको अनुपम र सुन्दरतम् कलात्मक नमुना मानिन्छ । उत्तरगयासमेत मानिने यो क्षेत्र पितृतीर्थको केन्द्रका रूपमा स्वदेश तथा विदेश -भारत) सर्वत्र हिन्दूहरूमाझ लोकपि्रय छ ।
यहाँको अर्को महत्वपूर्ण आकर्षण भनेको अनेक प्राचीन धार्मिक कलाकृतिहरूको सुन्दरतम् सङ्ग्रह हो जहाँ अन्यन्त्र नपाइने ब्रहृमा, चित्रगुप्त, अर्धनारीश्वरलगायतका देवी र देवताहरूका हजारौँ वर्ष पुरातन प्रतिमाहरू अनुसन्धाता र पर्यटकहरूको आगमनलाई कुरिरहेझँै भान हुन्छ । त्यस्तै गोकर्णेश्वर मन्दिरको प्राङ्गणका अन्य सांस्कृतिक धरोहरहरूमा पार्वती, गदाधर नारायण मन्दिर र शिवमहेश्वर बालभक्तेश्वर मन्दिर मुख्य हुन् । त्यस्तै उत्तरबाहिनीस्थित कान्तिभैरव मन्दिर र पद्मभक्तेश्वर मन्दिर पनि त्यत्तिकै महìवपूर्ण मानिन्छन् । पुरानो गोकर्ण गाउँ पनि गोकर्णको अर्को आकर्षक गन्तव्य हो । तलेजु मन्दिर, प्राचीन एक चैत्य र पुरानो मुखुण्डो नाच देखाउने डबली त यहाँका सांस्कृतिक परिचायक नै भए ।
—
हेर्नुहोस् भिडियो – गोकर्णमा जे देखियो – मनोरन्जनका लागि मात्र…
https://youtu.be/MAHupLAUs14


