बदलियो नाम्जे गाउँ, फेरिएन होमस्टेको आम्दानी !

धनकुटा खबर । कुनै बेला परदेशीलाई बास मात्र दिने ठाउँका रुपमा चिनीने धनकुटाको भेडेटार गाबिसमा रहेको नाम्जेको मगरगाउँ तिब्र रुपमा शहरमा परिणत हुनेक्रम जारी छ ।

यहाँको ग्रामिण आत्थ्यिलाई देखेर २०६८ सामालमा अन्तराष्ट्रिय समचार संस्था सिएनएनले नाम्जेलाई बिश्वको १२ औं गन्तव्य मध्ये एक स्थान तोके पछि पर्यटकको आकर्षण संगै यो गाउँ शहरीकरणमा परिणत हुने क्रम बढेको हो ।

उक्त गन्तव्य स्थानको चर्चा संगै नाम्जेमा पर्यटकहरुको आकर्षण पछि पर्यटकहरुको माग धान्नको २०७० सालमा नाम्जेमा १९ वटा मगर जातिका होमस्टेहरु दर्ता भएका थिए ।

होटल एशोसियसन भेडेटारका अनुसार उक्त होमस्टेले मात्र पर्यटकको माग धान्न नसकेपछि अहिले यहाँ नौ ठूला र ६ साना होटलहरु सन्चालनमा छन् भने अन्य दुई ठूला होटल बन्ने क्रममा समेत रहेका छन् ।

तर अहिले पनि त्यो बेलाको मगर गाउँको जीवन शैली र होमस्टेको आम्दानी उस्तै छ उता नयां बनेका आधुनिक होटलहरुको भने आम्दनी निकै राम्रो छ ।

थुम्की होमस्टेका अध्यक्ष अनिल राना मगरका अनुसार अहिले नाम्जेका होमस्टेहरुले बार्षिक एक लाख भन्दा बढी कमाई गर्न सकेका छैनन् । अझैं पनि यहाँको मुख्य पेशा कृषि र पशुपालन भएकोले होमस्टेलाई यहाँका मगरजातिले मुख्य पेशाका रुपमा नअपनाएर आगन्तुक पाहुनाहरुलाई स्वागत गर्नको लागि मात्र भएकोले राम्रो कमाई गर्न नसकेको उनले जनकारी दिए ।

‘हाम्रो गाउँ त १२ औं गन्तव्यमा परेको हामीलाई थाहै भएन,’ उनले भने, ‘मान्छेहरु ह्वार–ह्वारी आएपछि होमस्टे बनाउन बाध्यता परो ।’
जति मान्छे आएपनि अवलोकन गरेर जाने र बस्न,खान खासै महंगो नभएकोले पाहुनाहरुबाट धेरै रकम नकमिने भएकाले अरु होटले जस्तो कमाई गर्न नसकेको मगरले जानकारी दिए ।

ती १९ होमस्टेहरुले मुस्किलले बार्षिक एक लाख कमाउन मुस्किल परेको बेला उता नाम्जेमा सन्चालित १५ होटलहरुले भने बार्षिक ३६ लाख भन्दा बढी कमाई गरिरहेको नाम्जेका होटल दिपका सन्चालक गोबिन्द मगरले जानकारी दिए । उनले भने–‘सिजनमा यहाँका होटलहरुले मासिक ३० लाख सम्म कमाई गर्छन् ।’ हिउँदका समय अफ सिजनमा पनि २० लाख भन्दा कमको व्यपार नहुने उनले बताए ।

अहिले भेडेटार क्षेत्रको पर्यटकीय स्थल अवलोकन तथा भ्रमणको लागि आउने पर्यटकहरु मध्ये अधिकांश नाम्जेको होमस्टेमा आग्र्यानिक खाना र मगरजातिको हुर्रा नाचको मजा लिन आउने गरेका छन् । होमस्टे सुधारका लागि अहिले नपाल सरकार र पर्यटकन बिकास बोर्डको ११ लगानीमा बिभिन्न भौतिक सुधारका काम भईरहेको थुम्की होम्स्टे समितिले जानकारी दिएको छ ।

पर्यटन पूर्वाधार बिकास समिति नाम्जेको तथ्यांक अनुसार अहिले नाम्जे र भेडेटार क्षेत्रमा नेपाल,भारत र तेस्रो मुलुकबाट बार्षिक एक लाखको हाराहारीमा पर्यटकहरु घुम्न आउने गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।