धनकुटाका बैंक र बित्तिय संस्थाहरु यसकारण डराऊछन माछा पालन गर्नेहरुसँग…
माछा पालन किसानको आर्कषण बढ्दै
धनकुटा खबर । विशेष गरेर तराईका जिल्लामा मात्रै हुने गरेको व्यबसायीक माछा पालनबाट पहाडमै पनि किसानले हिजोआज राम्रो आम्दानी लिन थालेका छन् ।
पहाडमा माछा पालनको ब्यबसायीक सफतला देखिएपनि बैंक, बित्तिय संस्था र कृषिका निकायबाट भरपर्दो सहयोग नपाउँदा किसानहरुले भने सोचे अनुसारको व्यावसाय गर्न सकि रहेका छैन्न् ।
धनकुटाको लेउती बगरमा करिब २३ लाख रुपैयाँ खर्चेर ५ रोपनीमा माछा पालन गरिरहेका देव इवाहाङको परिवारलाई माछापालनको क्षेत्र बिस्तारका लागि आवश्यक कर्जा उपलब्ध गराउन स्थानीय बैंक र बित्तिय संस्थाले आनाकानी गरे ।
ब्यबशायीक माछा पालनका लागि आवश्यक प्राविधिक ज्ञान र बजार नबुझेका पहाडका किसानले माछाबाटै कर्जाको किस्ता बुझाउने कुरामा विश्वस्त नहुँदा अन्य कृषि र पशुपालनमा ढुक्कले लगानी गर्दै आएका बैंक र बित्तिय संस्था माछा पालन र भूरा उत्पादनका लागि कर्जा प्रवाह गर्न भने डराउने गरेका छन् ।
धनकुटामा प्रधान कार्यालय रहेको काबेली विकास बैंकका कार्यकारी अधिकृत शैलेन्द्र बादे श्रेष्ठले भने बैंक र बित्तिय संस्था लगानी गर्दा संभावना र बजार लाई विशेष ध्यान दिने गर्न गर्दछन् त्यसैले पनि धनकुटामा अहिले आफुहरुले माछा पालनकै रुपमा भने लगानी नगरेको बताउनु भयो ।
धनकुटा नगरपालिका, राजारानी, लेउती र जितपुर लगायतका स्थानमा जलकपुर, रहु, कमनकार्प, सिल्भरकार्प र मुङग्री जातका माछाको ब्यबसायीक उत्पादन भैरहेको छ । माछा पालनमा ब्यबशायीक भविष्य देखेर किसानहरु त्यस तर्फ आर्कषीत भए पनि स्थानीयतहले बजेट प्राविधीक सेवा बारे अलमल गर्दा भने किसान निरास भइका छन् ।
माछा पालनमा लागेका किसानले वातावरण अनुसार उपयूक्त जातका गुणस्तरिय भुरा र माछा पालन सम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम र सहुलियतदरमा ऋण सहयोगको माग गर्दैआएका छन् ।
करुवा प्रविधीबाट माछापालन – भिडियो


