हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने

हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने तथ्यलाई हालै गरिएको एक अध्ययनले बाहिर ल्याएको छ । उक्त अध्ययनका अनुसार यौन सम्पर्कका कारण तनाव कम हुने र रोग प्रतिरोधी क्षमता वृद्धि हुने देखिएको छ ।

क्यालिफोर्निया विश्वविध्यालयका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा पनि एकपटक यौन सम्पर्क गर्दा महिलाको आयु बढ्ने देखाएको हो ।

यौन सम्पर्कबाट टेलोमिरिज नामको हर्मोन वृद्धि हुने उक्त अनुसन्धानबाट पत्ता लागेको थियो । यो हर्मोनले डिएनए नाशलाई नियन्त्रण गर्ने हुनाले महिलाहरू दीर्घजीवी हुने अनुसन्धानकर्ताको दावी रहेको छ । यसबाहेक समग्र स्वास्थ्यमा पनि सुधार आउने उनीहरुले दावी गरेका छन् ।

अनुसन्धानका क्रममा शारीरिक निकटता, सम्बन्धबाट प्राप्त हुने सन्तुष्टि, यौन साथीबाट प्राप्त हुने सहयोग वा टकराव तथा तनावलाई विश्लेषण गरिएको थियो । यौन सम्पर्कबाट हुने सन्तुष्टि वा असन्टुष्टिले टेलोमिरिज हर्मोनको आयुमा कुनै असर नपर्ने पत्ता लागेको थियो । त्यस्तै तनाव, साथीबाट प्राप्त हुने सहयोग वा टवरावले यो हर्मोनको जीवन चक्रमा कुनै असर नपर्ने पनि पत्ता लागेको थियो ।

नियमित यौन सम्पर्कको असर लोग्ने मानिसमा कस्तो हुन्छ भन्नेबारे अनुसन्धानमा केही उल्लेख गरिएको छैन । तर नियमित यौन सम्पर्कले लोग्ने मानिसलाई घातक मुटु रोगबाट बचाउने तथ्यलाई वैज्ञानिकले पुष्टि गरिसकेका छन् ।

मानिसको रगतमा हुने होमोसिस्टिन नामको घातक रशायनलाई कम गर्ने यस अघिको अध्ययनले देखाइ सकेको छ । ताइवानका वैज्ञानिकले गरेको एक अनुसन्धानले यौन सम्पर्कबाट राम्रो रक्त सञ्चार हुने तथा रक्त नलीहरू मजवुत हुने पत्ता लागेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।