सेना दिवसको अवसरमा धनकुटामा ५३ जनाले रक्तदान गरे

धनकुटा खबर । नेपाली सेनाको स्थापना दिवसको अवसर पारेर आयोजना गरीएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेकाछन् ।

सोमबार जिल्ला अस्पताल धनकुटामा आयोजित कार्यक्रममा सेनाका ३० जना र सर्वसाधारण १६ जनाले रक्तदान गरेको धनकुटा अस्पतालका मेडिकल सुपरीटेण्डन फडिन्द्र बरालले बताउनुभयो ।

जिल्ला अस्पताल धनकुटामा ब्लडबैंक नभएका कारण संकलित रगत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ब्लड बैंकमा राखिने बरालले जानकारी दिनुभयो ।

नेपाली सेनाले बार्षिक रुपमा नेपाली सेनाको स्थापना दिवसको अवसरपारेर रक्तदान कार्यक्रम गर्ने गरेको यसवर्ष पनि निरन्तरता दिएको मेजर रामबहादुर कार्किले बताउनुभयो ।

धनकुटा नगरपालिका ७ मा रहेको राईजिङ युथ क्लबको संयोजन तथा नेपाल रेडक्र सोसाईटीको प्राबिधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।