जाग्दैछ बाँच्ने आशा ! : धनकुटा पाख्रीबासकी मुटु रोगी दलित बालिकालाई सहयोग जुट्दै
धनकुटा खबर । बिदेशमा कार्यरत तीन नेपालीहरुले धनकुटा पाख्रीबासकी एक मुटु रोगी बालिकालाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अबस्था ज्यादै कमजोर भएकाकारण समस्यामा रहेकी पाख्रीबास नगरपालिका वडा नं.७ कामीगाउँ मुगाकी ९ बर्षिया अनिषा बराईलीलाई उक्त सहयोग मिलेको हो ।
उनको उपचारका लागि कतारमा कार्यरत धनकुटा महालक्ष्मी नगरपालिकाका ५ का दुर्गा कुंवरको बिशेष पहल र सहयोगमा ३६ हजार १ सय ८३ रुपैंया सहयोग जुटेको हो ।
उनको सहयोगका लागि कुंवर सहित ओमनमा कार्यरत रामेछाप नगरपालिका वडा नं.७ का अर्जुन कार्की र ब्रिटिस पेटोलियम कम्पनी रेनाईसेन्स क्याट्रिङमा कार्यरत सिराहा बन्दिपुर २ का हेम रोक्का(क्षेत्री) ले उक्त रकम सहयोग गरेका हुन् ।
उक्त सहयोग रकम स्वत्रन्त्र नागरीक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले बालिकाको निवासमा पुगेर आमा फुलमायाँ बराईली र बुवा चन्द्र बहादुर बिश्वकर्मालाई हस्तानतरण गरेका थिए ।
गएको भदौबाट बिरामी भएकी ३ सन्तान मध्ये कान्छी सन्तान रहेकी अनिषाको मुटुमा देखिएको छिद्रको अपरेशनका लागि डाक्टरले ३ लाख रुपैंया आवश्यक रहेको बताएको आमा फुलमायाँले जानकारी दिईन् ।
उनको स्वास्थ्यको समस्या सामाजिक सन्जालहरुमा राखिएपछि उनको उपचारको लागि सहयोगहरु जुट्ने क्रम रहेको उक्त क्षेत्रबाट जिल्ला समन्वयन समितिमा सदस्य रहेकी आयुष्मा गहतराजले जानकारी दिए ।


