धनकुटास्थित च्यानडाँडाको एनसेल मोबाईल टावरमा आगजानी, क्रसर उद्योगको डोजर पनि जलाए
धनकुटा खबर । धनकुटा नगरपालिका वडा नंं १० च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ ।
अज्ञात समुहले राती ११ बजे गरेको आगजानीबाट टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।
उक्त घट्ना जनयुद्ध दिवस पारे विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेको आशंकका गरिएको छ ।
उता धनकुटाको लेगुवामा सनचालनमा रहेको भीम पौडेलको क्रसर उद्योगको डोजरमा पनि अज्ञात समुहले आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।


