यस्तो छ धनकुटा साँगुरीगढीको किराँतेश्वर मन्दिर र शिवपार्बती गुफा (भिडियो सहित)
धार्मिक पर्यटन प्रवद्र्धन गर्न शिवरात्रीमा मेला
धनकुटा खबर । शिवरात्रीको अबसर पारेर धनकुटाको साँगुरीगढी गाँउपालिका ४ स्थित तीन तलेमा मेला लगाईएको छ ।
सो ठाँउमा रहेको किराँतेश्वर मन्दिर र शिवपार्बती गुफाको प्रचार गरी सो स्थानको धार्मिक पर्यटन प्रर्वद्धन गर्न मेला आयोजना गरीएको हो ।
किराँतेश्वर मन्दिर गत बर्ष शिवरात्रीकै दिन स्थापना गरीएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष जीत प्रसाद लिम्बुले जानकारी दिए ।
उक्त स्थानको भौतिक संरचना निर्माणका लागि स्थानियबासीहरुले आर्थिक सहयोग संकलन गरिरहेको स्थानिय समाजसेवी तथा नेता चन्द्रसिंह नेम्वाङ्गले जानकारी दिए ।
मेलामा धनकुटा सहित सुनसरीका भक्तजनको भिड लागेको छ ।
यता धनकुटाकै मुलघाट स्थीत बिश्रान्ती मन्दिर,धनकुटा ६ स्थित धर्मगंगा, लेगुवा स्थीत दुग्धनाथ नागेश्वर लगायतका मन्दिरमा समेत भक्तजनको भिड लागेको छ ।


